मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न: सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?

२० बैशाख ७८, मंगलबार

२१ बैशाख,काठमाडौं । एकोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् ।

हिन्दुहरुको लागि संसारकै पवित्र सहर वाराणसी तथा आसपासमा क्षेत्रमा महामारी भयावह बन्दा पनि कुनै साथ नदिएको भन्दै त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ ।

मोदीले आफ्नै निर्वाचन क्षेत्रमा बढेको सङ्कटमा समेत साथ नदिएको उनीहरुको गुनासो छ । वाराणसीसहित उत्तर प्रदेशका नागरिकहरुले सङ्कटका बेला प्रधानमन्त्री कहाँ छन् भनेर सोधिरहेका बीबीसीले जनाएको छ ।

वाराणसी र आसपासमा अक्सिजन तथा अस्पतालमा शैया अभाव भएको छ । कयौँ मानिस अक्सिजन अभावमा छटपटाइरहँदा पनि शैया या अक्सिजनको व्यवस्था गर्न नसकिएको त्यहाँका अस्पतालहरुले जनाएका छन् ।

लकडाउन तथा प्रतिबन्धहरुका कारण अभावहरु झेल्दै गरेको र सङ्क्रमणदर पनि नघटेको स्थानीयबासीन्दाले बताएका छन् ।

भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ भने दुई लाख २२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतको केन्द्रीय राजधानी दिल्लीका अधिकारीहरुले महामारी नियन्त्रणका लागि सेनासँग सहयोग मागेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top