मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता हुने

२२ पुस ७५, सोमबार

विराटनगर, पुस २२
मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता हुन लागेको हो ।

आयोजक मोरङ कबड्डी संघले प्रतियोगितास्थल बुढीगंगा गांउपालिका ३ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको हो । सो बिषयमा जानकारी गराउँदै मोरङ जिल्ला कबड्डी संघका अध्यक्ष भुवनेश्वर मण्डलले पौष २७ गतेबाट शुरु हुने प्रतियोगिता २९ गतेसम्म संचालन हुने बताए ।

उनले प्रदेश एकमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता यसक्षेत्रको गौरवको बिषय रहेको समेत उल्लेख गरे । तीन बर्षदेखिको निरन्तरको प्रयासपछि यस पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनागर्न लागिएको उनको भनाई थियो । प्रतियोगितामा बंगलादेश,श्रीलंका र भारतका एकएक टिम सहित नेपालबाट नेपाल आर्मी र नेपाली कबड्डी राष्ट्रिय टोली सहित ५ वटा टीमको को सहभागिता रहने आयोजक संघका सचिव उपेन्द्र यादवले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुने १४ जना रेफ्रीहरुले भत्ता नलिने घोषणा गरेको समेत सो अवसरमा जनाइएको थियो । प्रतियोगितामा बिजयी हुने टिमलाई नगद पुरस्कार सहित शिल्ड प्रदान गरिने जनाइएको छ । हाल नेपाली खेलाडीहरुकालागि बन्द प्रशिक्षण समेत संचालन गरिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top