मौसम बिग्रिँदा सगरमाथा आरोहण प्रभावित

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

सगरमाथा र ल्होत्से हिमाल आरोहणका क्रममा तेस्रो र चौथो क्याम्पमा भएका आरोहीहरु खराव मौसमका कारण दोस्रो क्याम्प ओर्लिएका छन् ।

तीन दिनसम्म मौसममा खरावी आउने भए पछि चुचुरो पुग्ने लक्ष लिएर उक्लिएका दुई दर्जनभन्दा बढी आरोहीहरु दोस्रो क्याम्पमा ओर्लिएर आराम गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यसअघि दुई पटक आरोहण सम्पन्न भइसकेका छन् । आरोहणका क्रममा बाटोमा भीड लाग्ने भन्दै क्रमिक रुपमा आरोहणमा जानुपर्दा पछिल्लो पटकको आरोहण भने थप कष्टदायी बनेको आरोहीहरुको भनाइ छ ।

आधारशिविरमा लामो समय बस्नुपरेको र खाद्यान्नलगायत थप सामाग्री र शारिरिक शक्ति समेत कम्जोर बन्दै गएको आरोही तेम्वा शेर्पाले बताए । अव मौसममा सुधार आउनसाथ जेठ १५ भित्रमा आरोहण सम्पन्न गर्ने उनले बताए ।

हिमपातसँगै हावा र पानी परेकाले हामी अहिले दोस्रो क्याम्प फर्किएर मौसम सुधारको अपेक्षामा छौ उहाँले भन्नुभयो । यस अघि जेठ ९ गते भने एकै दिन १७५ जनाभन्दा बढीले आरोहण गरेका थिए ।

यस अघि पनि ताउ–ते चक्रवातका कारण मौसम खराव भएको थियो भने आरोहीहरुमा आधारशिविरमै कोरोना भाइरस सङ्क्रमण फैलिएपछि आरोहण थप प्रभावित बनेको थियो ।

३० जनाभन्दा बढी आरोही सङ्क्रमित भएर आरोहण रद्द गरी फर्किएको पर्यटन विभागले जनाएको छ । यता यस वर्ष सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४०८ जनाले आरोहणका लागि अनुमति लिएका थिए ।

सगरमाथा आरोहण गर्न अझै ६० जनाभन्दा बढी बाँकी रहेको एजेन्सीहरुले जनाएका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top