१४ चैत, काठमाडौं । म्यानमारमा सेना र आन्दोलनकारीबीच भएको झडपमा परि दर्जनौँको मृत्यु भएको छ ।
शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ९० भन्दा बढिको मृत्यु भएको बिबिसीले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । शनिबार मात्र त्यहाँका सेना प्रमुख आङ लाइङले टेलिभिजनमार्फत सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्ने बताएका थिए । गत फेब्रुअरीमा शासन सत्ता हातमा लिएको सेनाको विरोधमा आन्दोलनकारी उत्रँदा ३ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।