म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा

११ मंसिर, एजेन्सी । डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो ।

म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली दिन सक्नेछन् ।

Advertisement

म्याराडोनाका टिमका साथी रहेका ओहवाल्दो अर्बिलेसले म्याराडोनाले जति प्रसिद्धि र प्रशंसा पाए त्यही अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन् ।

फुटबल दुनियाँका कैयौँ हस्तीहरूले म्याराडोनालाई श्रद्धाञ्जली दिए । यसमा मेस्सी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान् खेलाडी पेले पनि सामेल छन् ।

Advertisement

 

पेलेले श्रद्धाञ्जलीमा भनेका छन्, ‘मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान् खेलाडी गुमाएको छ । मलाई आशा छ हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौँ ।’

म्यानचेस्टर सिटीका म्यानेजर पेप गुआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन् ।

अर्बिलेसले मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्धि सपना पनि पाउन नसक्ने बताए ।

बुधबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण राखिएको थियो । यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ ।

बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो, जसलाई रद्द गरिएको थियो । निकै ठूलो सङ्ख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुँदै रोए पनि ।

त्यस्तै म्याराडोना रहँदै आएका स्यान एण्ड्रेसमा पनि ठूलो सङ्ख्यामा प्रशंसकहरु पुगेका थिए । अर्जेन्टिनाको राजधानीमा म्याराडोनाका प्रशंसकहरु विभिन्न तरिकाले सम्झिरहेका छन् ।

हजारौँ माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्धाञ्जली दिए । यो ठाउँ म्याराडोनाको लागि विशेष छ, उनले त्यहाँ इटालियन क्लबका लागि १८८ खेल खेल्दा ८८ खोल गरेका थिए ।

मानिसहरुले म्याराडोना शर्ट र फेस मास्क पनि लगाएका छन् । नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ । शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन् ।

सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top