काठमाडौँ,असोज ६
यसबर्षको दशैं नजिकिएको छ । बजारमा दशैंको चहलपहल पनि शुरु भइसकेको छ । यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यस वर्षको दशैं टीकाको साइत सार्बजनिक गरेको छ ।
समितिले कार्तिक २ गते शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उपयुक्त भएको विष्कर्ष निकालेको हो ।
समितिका अनुसार बिहान ९ बजेर ३९ मिनेटमा देवी बिसर्जन गरेपछि टिका लगाउन सकिनेछ ।
दशमीको दिन दिनभर नै टिका लगाउन सकिने समितिले जनाएको छ । यस्तै, घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ ।
फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ ।
कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । यसबर्षको दशैं २४ गतेबाट शुरु हुनेछ ।