युभेन्ट्सले जित्यो कोपा ईटालियाको उपाधि

155SHARES

६ जेठ, काठमाडौँ ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा एटलान्टालाई २–१ले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि हासिल गरेको हो ।

खेलको ३१ औं मिनेटमा डेजान कुलुसेभ्सकीको गोलमा युभेन्टसले सुरुवाती अग्रता लिएको थियो । तर, एटलान्टाका रुस्लान मालिनोवस्कीले ४१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । खेलको ८८ औं मिनेटमा राफेल टोलोइले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा समेटिएको थियो ।

युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो । युभेन्टसले सन् २०१८ पछि पहिलो पटक यस उपाधि जितेको हो । प्रतियोगितामा करिब साढे ४ हजार दर्शकलाई उपस्थित गराइएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण