३ भदौ, विराटनगर ।
विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।यसपटकको रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गर्ने तयारी गरिएको छ । आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले प्रदेश १ सामाजिक विकास मन्त्रालय र स्थानीय ब्यवसायीहरुको सहयोगमा १ घन्टाकालागि भाडामा ल्याइने हेलिकप्टरबाट १ सय किलो बढी फुल रथयात्राको मार्गमा पृष्पबृष्टि गरिने जानकारी दिए ।
विराटनगरको रथयात्रा एशिया महादेशकै दोश्रो ठूलो रथयात्राको रुपमा स्थापित भएकाले त्यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । यसैबीच श्री राधाकृष्ण मन्दिर समितिको मातहतमा रहेको सो पुरस्कार आउदो श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रपन्नाचार्यलाई प्रदान गरिने छ । भदौ ७ गते आयोजना हुने रथयात्रा तयारीको बिषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कारको घोषणा गरिएको हो ।विराटनगरस्थित श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यलाई १ लाख १ हजार राशीको धर्म संस्कृति पुरस्कार प्रदान गरिने भएको छ ।
श्री राधाकृष्ण मन्दिर समितिको मातहतमा रहेको सो पुरस्कार आउदो श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रपन्नाचार्यलाई प्रदान गरिने छ । भदौ ७ गते आयोजना हुने रथयात्रा तयारीको बिषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कारको घोषणा गरिएको हो । आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने धार्मिक सभाकाबीच प्रपन्नाचार्यलाई ‘पोखरमल धर्म संस्कृति पुरस्कार’ प्रदान गरिने जानकारी दिए ।