NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

राजकुमार चेपाङ मृत्यु प्रकरण: मृतकका परिवारलाई १० लाख दिने सहमति

शनिबार साउन १७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
राजकुमार चेपाङ मृत्यु प्रकरण: मृतकका परिवारलाई १० लाख दिने सहमति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ साउन, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिट पछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमती भएको छ ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मृतकका परिवारलाई निकुञ्जले ७ लाख र राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ दिने सहमति जनाएका हुन् ।

राप्ती नगर प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङको रोहबरमा सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र निकुञ्ज सुरक्षार्थ तैनाथ बटुक दल गणका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठसमेत सहभागी बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

मृतकका परिवारलाई राहत उपलब्ध गराउने मिति भने सहमतिपत्रमा उल्लेख छैन ।सहमतिपछि राजकुमारका बुवा विष्णुलाल उनको शव बुझ्न शनिबार काठमाडौं गएका छन् । विष्णुलालले भने– ‘त्यसैले शव बुझ्न जाने कि नजाने भन्ने थियो । तर जनप्रतिनिधिहरुका साथै प्रशासककै रोहबरमा भएको सहमति पालना हुन्छ भन्ने विश्वासले बुझ्ने भइयो ।’

राजकुमारसहित मिलनटोलका ५ युवक र २ महिला गत साउन १ मा निकुञ्जको सिमाना राप्ती नदी तरेर निकुञ्जभित्र रहेको ज्युँडी खोला गएका थिए । खोलामा घोँगी र जंगलमा अमिलो टिप्ने योजना उनीहरुको थियो । उनीहरुलाई निकुञ्ज सुरक्षाका लागि खटिएका एक सैनिकले ज्युँडी खोलाबाट पक्राउ गरेका थिए । त्यसपछि कुटपिट गर्दै निकुञ्जको लिगलिगे पोस्ट र्पुयाएका थिए ।

दुई महिलाबाहेक सबैले पिटाइ खाए पनि राजकुमार धेरै बिरामी परेका थिए । स्थानीय मेडिकलमा गरिएको उपचारले निको नभएपछि साउन ७ गते बुधबार राति उनलाई परिवारले पिप्लेबाट भरतपुर लगेका थिए । भरतपुर अस्पतालको आकस्मिक कक्षमा र्पुयाउने बित्तिकै चिकित्सकले राजकुमारलाई मृत घोषणा गरेका थिए । उनको बाटोमै मृत्यु भएको थियो । तत्काल किरिया खर्च एक लाख रुपैयाँ दिने भनेपछि परिवारका सदस्यहरुले पोस्टमार्टम गर्न स्वीकृति दिएका थिए । तर, भरतपुर अस्पतालले पोस्टमार्टमका लागि शव काठमाडौं पठाएको थियो ।

गत सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि परिवार शव नबुझी चितवन फर्केका थिए । शुक्रबार भएको छलफलमा घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने समेत सहमति भएको छ । मृतक राजकुमारकी डेढ वर्षीया छोरीलाई उमेर नपुग्दासम्म भरणपोषण र १२ कक्षासम्मको शिक्षाका लागि लोथर मध्यवर्ती उपभोक्ता समितिमार्फत चितवन निकुञ्जले सहयोग गर्ने पनि जनाइएको छ । राजकुमारको परिवार बस्ने घर मर्मतमा पनि निकुञ्जले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.