×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रेशम चौधरीलाई जन्मकैद सुनाएपछि टीकापुरमा उच्च सुरक्षा सतर्कता

२३ फाल्गुन २०७५

काठमाडौँ : रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि कैलालीको टीकापुरमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन भएको बताए।

Advertisement
Advertisement

टीकापुर बजार क्षेत्रका चोकहरुमा सशस्त्र र नेपाल प्रहरी परिचालन भएपछि सर्वसाधारणको चहलपहल बुधबार दिउँसैदेखि कम भएको छ। थारु सम्बद्ध संघर्ष समितिले रेशम चौधरीसहित सबै ११ जनालाई निःसर्त थुनामुक्त गर्न माग गरेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top