१६ जेष्ठ, रौतहट । रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना संक्रमण पुष्टि भएको हो ।
यससँगै रौतहटमा मात्र संक्रमितको संख्या १८१ पुगेको छ ।