९ असिोज, सप्थरी । लगातारको वर्षाले सप्तरीका खोलाहरूमा पानीको बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् ।
जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।
मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । यहाँका खाडो, बलान, महुली, खुटीलगायत नदीमा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा पर्न सक्ने भन्दै विभागले सचेत गराएको हो ।
खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिका–१ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको उक्त गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।
वर्षाको पानीको निकास नहुँदा सदरमुकाम राजविराजको वडा नम्बर ५ का एक सय घरमा पानी पसेको वडाध्यक्ष समीरकुमार झाले बताए । वडा नम्बर ६ मा पनि ५० घरमा पानी पसेको वडाध्यक्ष प्रेम यादवले जानकारी दिए ।