१८ मंसिर, काठमाडौँ ।
शेयर बजारमा परिसूचकको ओरालोको रप्mतार रोकिन सकेको छैन । नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदविक्री घटाएका छन् । बुधबार भने नेप्से बढेको भएपनि तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ । लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थमन्त्रीलाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन् । तर विश्लेषकहरु भने अर्थमन्त्रीका कारण भन्दा पनि पूँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मूख्य कारण भएको बताउँछन् ।
२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ । यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन् । बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन् । अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ती र सरकारका नीतिहरु कै कारण शेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाई छ ।
तर केही लगानीकर्ताले भने दिर्घकाल सम्मका लागि लगानी गर्नेहो भने सरकारी नीतिले कुनै असर नपार्ने बताउँछन् । त्यसमा अर्थमन्त्रीलाई दोष दिनुभन्दा बैंकको ब्याजदर र कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । लगानीकर्ता जेबी थापा भने बजार ब्याजदरबाट प्रभावित हुने भएकाले बैंकको निक्षेपबाट भन्दा शेयर बजारबाट पाउने प्रतिफल बढी भए मात्र कारोबार बढाउन सकिने बताउछन ।
शेयर विश्लेषक सन्तोसराज बजगार्इं भने शेयर बजार अर्थमन्त्रीका अभिव्यक्तिबाट भन्दा पनि ब्याजदरबाट प्रभावित भएको बताउछन । उनले पछिल्लो तीन वर्ष बैंकको ब्याजदर १४ प्रतिशत सम्म पुगेकाले बजारमा शेयरको माग घटेको बताए । बुधबारको शेयर बजार भने ब्याजदरमा स्थिरता आएको भन्ने हल्लाका कारण ८ दशमलव ७३ अंकले बढ्यो । केही बैंकहरुमा अझैपनि तरलताको समस्या कायम छ । यसले ब्याजदरलाई माथि पु¥याएको छ । ब्याजदरको उल्टो असर शेयर बजारमा पर्ने गरेको छ । त्यसैले ब्याजदर बढ्दा नेप्से घट्नु स्वभाविक हो । यसको असर दिर्घकालसम्म पर्ने विश्लषक बजगाईं बताउछन् ।