×

NEPAL TIMES UPDATES

Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026
Playing
इन्धन खपत ३०% घट्यो तर आर्थिक गतिविधि “स्लो–डाउन“|| Nepal Times
May 15, 2026
Playing
रवि नै रास्वपाको सभापतिमा दोहोरिने, महामन्त्री भन्छन् यसमा शंका छैन् || Nepal Times
May 15, 2026
Playing
किन चाहियो सांसद्लाई स्वकीय सचिव ? अधिकृत स्तरको सुविधा ब्युत्याउने|| Nepal Times
May 15, 2026
Playing
बालेनको हातमा सुपरपावर,एआई, साइबर,गुप्तचरदेखि सुरक्षासम्म || Nepal Times
May 15, 2026
Playing
Top 15 Afternoon News || May-15-2026 || Nepal Times
May 15, 2026
Playing
आज चीनबाट अमेरिका फर्किदै ट्रम्प, सीले दिनेछन् यस्तो उपहार|| Nepal Times
May 15, 2026
Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026

लोडसेडिङका कारण नेपालले ७ प्रतिशत आर्थिक वृद्धि र ४८ प्रतिशत लगानी गुमायाे

२८ असार २०७५

विराटनगर,असार २८
चरम ऊर्जा संकट (लोडसेडिङ) ले एक दशकको अवधिमा नेपालले ७ प्रतिशतका दरले आर्थिक वृद्धि गुमाएको एक अध्ययनले देखाएको छ । हालै मात्रै सार्वजनिक गरिएको विश्व बैंकको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले सन् २०१६ सम्म ठुलो आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको हो ।

बैंकले नेपालको औद्योगिक विकासको मुख्य बाधक नै लोडसेडिङ भनेको छ । लोडसेडिङले गर्दा औद्योगिक क्षेत्रमा ४८ प्रतिशत लगानी गुमाएको बैंकको अध्ययनले देखाएको छ । लोडसेडिङ नभएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि हुने अनुमान गरेको छ । यस्तै लगानी बढ्न गई आर्थिक गतिविधिमा बढवा दिने बैंकको भनाई छ । यद्यपी लोडसेडिङ हटेका कारण औद्योगिक उत्पादन विस्तार हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

ग्राहस्र्थका अतिरित्त पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणले औद्योगिक लोडसेडिङ समेत हटाएको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो अध्ययन प्रतिवेदनले लोडसेडिङ हटेपछि नेपालको औद्योगिक क्षमता विस्तार भई अघिल्लो वर्ष उद्योगको क्षमता ५४ प्रतिशत रहेकोमा ५८ प्रतिशत पुगेको जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्रको विस्तार ८ प्रतिशत हुने अनुमान गरिएको छ । आगामी आवमा औद्योगिक क्षेत्रको वृद्धि १२ प्रतिशत हुने प्रक्षेपण सरकारको छ । ८ प्रतिशत आर्थिक वृद्धिलाई औद्योगिक क्षेत्रले पुरा गर्ने लक्ष्य सरकारले लिएको छ ।

आगामी आर्थिक वर्ष ०७५र०७६ मा साना र ठुला १८ आयोजना सम्पन्न भई प्रणालीमा ७५४ मेगावाट बिजुली थप हुने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यमा रहेका आयोजना आगामी वर्ष भित्र मात्र सम्पन्न हुने भएपछि आगामी वर्ष बिजुली उत्पादन बढ्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले तयार पारेको नयाँ प्रक्षेपणले आगामी वर्ष सार्वजनिक निजी साझेदारीमा ४५६ मेगावाटको निर्माणधिन माथिल्लो तामाकोसी र १४।८ मेगावाटको माथिल्लो सान्जेन आयोजना सम्पन्न हुने छ ।

बाँकी २८५ मेगावाट क्षमताका १६ आयोजना निजी लगानीमा सम्पन्न हुने विद्युत प्राधिकरणले जनाएको छ । यो समेत गरी आगामी वर्ष बिजुलीको जडित क्षमता बढेर २ हजार मेगावाट नजिक पुग्ने प्रक्षेपण विद्युत् प्राधिकरणको छ ।

चालु आर्थिक वर्ष ०७४र०७५ मा सार्वजनिक र निजी क्षेत्रबाट गरी १६ आयोजना सम्पन्न भई प्रणालीमा १०० मेगावाट मात्र बिजुली थप भएको छ । यसमध्ये निजी क्षेत्रबाट १५ आयोजना सम्पन्न भई ७० मेगावाट र विद्युत प्राधिकरणको लगानीमा ३० मेगावाटको चमेलिया आयोजना सञ्चालनमा आएको छ ।

लामो समयपछि प्रणालीमा माग भन्दा बढी बिजुली आपूर्ति भएको छ । प्रणालीमा अहिले माग भन्दा झण्डै १०० मेगावाट हारहारीमा बिजुली बढी रहेको छ । हाल बिजुलीको माग ११७५ देखि १२०० मेगावाट रहेको छ ।

Advertisement
Advertisement

तर आपूर्ति भने १३०० मेगावाट रहेको छ । विद्युत प्राधिकरणका आयोजनाबाट ४५०, भारतबाट ५०० र निजी उत्पादकबाट ३५० देखि ४०० मेगावाट बिजुली आपूर्ति भइरहेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top