वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट

२४ माघ ७४, बिहीबार

काठमाडौं :  राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो ।

प्रदेश १ मा दलित र अपांग–अल्पसंख्यक कोटामा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी, सरिता प्रसार्इं, माओवादी केन्द्रकी बीना पोखरेल निर्विरोध भएका थिए । सबै विजयीलाई बुधबार साँझ प्रमाणपत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रका शशिकला दाहाल, संघीय समाजवादी फोरम नेपालका प्रमिलाकुमारी, रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध सबैलाई बुधबार नै विजयी भएको प्रमाणपत्र दिइएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।

Advertisement

प्रदेश ३ मा दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकबाट एमालेकै रामचन्द्र राई निर्वाचित भए । महिलातर्फ एमालेकी उदया शर्मा पौड्याल, दिलकुमारी थापा र कांग्रेसबाट धनकुमारी खतिवडा विजयी भएकी छन् । त्यस्तै, खुलातर्फ एमालेका बलरामप्रसाद बास्कोटा, कांग्रेसका राधेश्याम अधिकारी र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।

प्रदेश ४ मा एमालेबाट गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ विजयी भएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले (राना)

Advertisement

र प्रकाश पन्थ विजयी भए । पन्थ निर्विरोध भएका हुन् । त्यस्तै, माओवादीबाट दीनानाथ शर्मा, खिमकुमार विक निर्वाचित भए।

प्रदेश ५ मा एमालेका खिमलाल भट्टराई, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै, दलितबाट एमालेका रामलखन चमार र अल्पसंख्यकबाट माओवादीका राजकुमार कुँवर निर्वाचित भएका छन् । प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन्।

प्रदेश ६ मा एमालेबाट नरपति लुवार, कविता बोगटी र नन्दा शर्मा चपार्इं विजयी भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट जीवन बुढा र युटोल तामाङ विजयी भए । तीन पदको मतगणना जारी छ।

त्यस्तै, प्रदेश ७ मा एमालेका चक्रप्रसाद सुवेदी र माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन् भने एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, माओवादीका हरिराम चौधरी निर्विरोध भएका छन् । निर्वाचित सबैलाई बुधबार साँझ नै प्रमाणपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पाण्डेले जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बुधबार ६ वटै प्रदेशमा मतदानमा उत्साहजनक सहभागिता रहेको बताए । निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको थियो । ६ वटा प्रदेशका १ हजार ६ सय ७७ जना मतदातामध्ये १ हजार ६ सय ६९ जना मतदाताले मतदान गरेका थिए । ८ जना अनुपस्थित भएको आयोगले जनाएको छ।

यसअघि २४ जना निर्विरोध भएकाले बुधबार ३२ सदस्यका लागि निर्वाचन भएको हो । ५२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । संविधानमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ । निर्वाचित हुने आठ सदस्यमध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना हुनुपर्ने व्यवस्था छ ।

बिहीबार दललाई पत्राचार

राष्ट्रियसभा सदस्यको मतपरिणाम आएलगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्र्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मत सीमा (थे्रसहोल्ड) ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दललाई तीन दिनको समय दिई बिहीबार नै पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

‘फागुन ५ भित्रै सबै परिणाम राष्ट्रपतिलाई बुझाउने आयोगको योजना छ’, प्रवक्ता ढकालले अन्नपूर्णसँग भने। दलहरूले गरेको सिफारिसअनुसार समावेशी समूह मिले/नमिलेको जाँच गरी नमिलेको भए मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१ सिट, कांग्रेसले ४०, माओवादीले १७ र संघीय समाजवादी फोरम तथा राजपाले ६/६ सिट प्राप्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top