२५ भदौ, चितवन।
नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा ऐन कार्यान्वयनको माग गर्दै भरतपुरस्थित चितवन मेडिकल कलेजमा आन्दोलनको अगुवायी गरेका प्रकाश पक्राउ परेका हुन् । चन्दसहित अन्य १५ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए ।
सो क्रममा प्रहरीले भिडियो खिच्ने दुई जनालाई पनि पक्राउ गरेको छ । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ ।