विराटनगर, मंसिर २
विराटनगरका उद्योगी राजेन्द्र राउत सम्मानित भएका छन् ।लायन्स क्लब डिस्ट्रिक ३२५ एवानद्धारा शनिबार विराटनगरमा आयोजित दोस्रो क्याविनेट वैठकको अवसर पारेर राउतलाई सम्मान गरिएको हो ।
उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई लायन्स क्लबका गभर्नर अनन्त भेटवालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।
राउतलाई उद्योग व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत सम्मान गरिएको जनाईएको छ ।