विराटनगर, माघ २७
टिपरको ठक्करबाट आइतबार बिहान विराटनगरमा एक साइकलयात्रीको ज्यान गएको छ । कोशी राजमार्गअन्तर्गत इटहरी–विराटनगर खण्डको वरगाछीचोकमा को. १ ख ७०७२ नम्बरको टिपरले ठक्कर दिँदा कटहरी गाउँपालिका–२ का ५० वर्षीय लगनलाल राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले टिपर र चालक इटहरी –१३ का ५६ वर्षीय नुना सरदारलाई नियन्त्रणमा लिएको छ ।