विराटनगर, भदौ ५
विराटनगरमा कार्यस्थलमा खटिएका सुरक्षा गार्डको हत्या भएको २ दिन नबित्दै फेरि अर्काे एक अपराधिक घटना भएको छ । श्रीमानले श्रीमती, छोरी र अर्का एक जनालाई दाउ प्रहार गरी गम्भिर घाइते बनाएका छन ।
घटनामा विराटनगर ११ पिचराकी ४० बर्षिय श्रीमती पुनम सहनी,उनकी छोरी २० बर्षिया मनिता सहनी र पुनमका भाई २७ बर्षिय सन्दिप सहनी घाइते भएका छन ।
केही समयअघि भागी विवाह गरेका सिराहा गोलबजार निवासी ४५ बर्षिय श्रीमान दिलीप सहनीले आज बिहान उनीहरुमाथि दाउ प्रहार गरेर गम्भीर घाइते बनाएका हुन ।
विराटनगर पिचरास्थित घरमै बसिरहेको अवस्थामा आज बिहान साढे ९ बजे तीनैजना माथि दाउ प्रहार भएको थियो । घाइते तीनैजनाको कोशी अंचल अस्पतालमा उपचार गराइएको छ ।
घाइते मध्ये पुनमको देब्रे गाला पुरै काटिएको छ । उनको अस्पतालको इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ । यस्तै मनिताको टाउको पछाडि दाउ प्रहारका कारण काटिएको छ भने सन्दिपको कुम मुनि काटिएको छ ।
दाउ प्रहारगर्ने दिलीपलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमतीको अन्य ब्यक्तिसंग सम्बन्ध रहेको आशंकामा दाउ प्रहार गरेको दिलीपले आरोप लगाएका छन ।