विराटनगर : विराटनगर भन्सार नाकामा हुने गरेको जाम हटाउन नयाँ बन्दै गरेको एकीकृत भन्सार जाँच चौकी जाने बाटो प्रयोग गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ । भन्सार नाकामा हुने जामका कारण भारतीय बजार जोगबनीमा बढी समस्या भएकाले भारतीय पक्षबाट सो प्रस्ताव अघि सारिएको हो । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।
मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, मेरो कुरा भारतको इन्टिग्रटेड कस्टम चेक पोष्ट (आइसीपी) का प्रमुख अनिल कुमार बुम्बासँग भएको छ । उनी बुधबार रक्सौल आउँदैछन् । त्यसपछि फारविसगञ्ज हुँदै जोगबनी पनि आउने कार्यक्रम छ । नेपाल तफबाट सहमती दिए आईसीपी जाने बाटो भएर खाली गाडी जान दिन भारत तयार छ ।
एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जान नेपाल तफको सडकमा भरखरै मात्र ग्रोभेल गरिएको र नेपालतर्फको आईसीपी बन्न बाँकी नै रहेकोले सो बाटो भएर माल गाडीहरु आवत –जावत गर्न नमिल्ने भएकाले भारतीय पक्षले खाली गाडी जान दिने प्रस्ताव अघि बढाएको हो ।