२ जेठ, काठमाडौं ।
पार्टीभित्रको विवाद समाधानका लागि जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज वार्ता भइरहेको छ ।
यादव समूहले सहमतिका लागि अन्तिम पटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधान अनुसार अगाडि बढ्ने निर्णय लिएको भोलिपल्ट दुई अध्यक्षबीच वार्ता भएको हो । तर, वार्तास्थल गोप्य राखिएको एक नेताले जानकारी दिए । सत्ता समीकरण बनाउने क्रममा विवाद हुँदा पार्टी दुई चिरा भएको छ ।
प्रधानमन्त्री ओलीको विकल्प खोज्नु हुँदैन पक्षमा अध्यक्ष महन्थ ठाकुर छन् भने उनको विकल्प खोज्नुपर्छ भन्ने पक्षमा उपेन्द्र यादव रहेका छन् ।
अध्यक्ष ठाकुरले बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतोलाई पार्टीको संसदीय दलको नेता चयन गरेपछि पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।