NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

वेदव्यासको एक सय आठ फिट मूर्तिको डिपिआर तयार

शुक्रबार कार्तिक २२ , २०७६
Reading Time: 1 min read
A A
वेदव्यासको एक सय आठ फिट मूर्तिको डिपिआर तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ कात्तिक, झापा ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वेदव्यासको १०८ फिट मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ । व्यासभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट मूर्तिको काम बजेट अभावमा प्रभावित भएको छ ।

डिपिआर तयार भइसके पनि बजेट अभावमा मूर्ति निर्माणको कामलाई अगाडि बढाउन नसकिएको व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।

LS Auto

“मूर्ति निर्माणका लागि डिपिआर तयार, मूर्तिको आकारको टुङ्गो र स्थानीयवासीसँग एक चरणको छलफल सम्पन्न भइसक्यो”, श्रेष्ठले भने, “कोषसँग बजेट नहुँदा मूर्ति निर्माणको कामलाई अगाडि बढाउन सकेका छैनौँ ।”

कोषको एकल प्रयासले मात्रै मूर्ति निर्माण सम्पन्न गर्न नसकिने भएकाले तीन तहको सरकारलाई मूर्ति निर्माणमा सहयोग गर्न आग्रह गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

“व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको हो”, श्रेष्ठले भने, “स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि मूर्ति निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्छ ।”

श्रेष्ठका अनुसार मूर्ति निर्माणका लागि स्थानीयवासीबाट सहयोग उठाउन महायज्ञ गर्ने बारेमा छलफल भइरहेको छ । “स्थानीयस्तरबाट सहयोग सङ्कलन गर्न यही वर्षभित्रै महायज्ञ आयोजना गर्ने सोचेका छौँ”, श्रेष्ठले भने, “महायज्ञबाट कति सङ्कलन हुन्छ त्यसपश्चात् थप बजेट जुटाउन लागि पर्छौं ।”

श्रेष्ठका अनुसार मूर्ति निर्माणका लागि व्यास नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो ।

उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए ।

व्यास मूर्तिसहित सबै संरचना निर्माणका लागि रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ । अर्थक्वेक सेफ्टी सोलुसन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ ।

पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका लागि ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ( भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अतिरिक्त प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । महर्षि व्यासको जन्मकहानी प्रतिविम्बित गराउने सेतीमादी दोभानको अवधारणा, अमर व्यासको चित्रण र गुरुपूर्णिमाको महत्व झल्काउने अखण्ड बत्ती, व्यासले प्रदान गरेका शिक्षा, सिकाइ झल्काउने वेद व्यासपार्क, राति सत्यवतीको महत्व झल्काउने मत्स्यगन्धा पार्कलगायतलाई आधार मानेर गुरुयोजना तयार गरिएको बताइएको छ ।रासस

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.