२० वैशाख, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा समस्या हुन थालेको छ ।
शवदाह गृहमा क्षमता भन्दा धेरै शव जम्मा हुन थालेपछि नेपालमा पनि वैकल्पिक घाटमा अन्त्येष्टि सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि काठमाडौंको वागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि नदी किनार मै शव जलाउन सुरु गरिएको हो । अहिले त्यहाँ अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको छ । संक्रमितहरुको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ ।