×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न

२ माघ २०७५

काठमाडौं : दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्।

एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्।अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्।

Advertisement
Advertisement

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी

प्रहरीले आइतबार मोरङबाट ६९ लाख ५७ हजार छ सय रुपैयाँसहित तीनजना हुन्डी कारोबारी पक्रियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आस्था नेपाल बुहुउद्देश्यीय सहकारी संस्थाबाटै हुण्डी कारोबार हुने गरेको थियो।

Advertisement
Advertisement

सहकारीका अध्यक्ष विराटनगर–७ कै राजेश हेडा, विराटनगर–११ का सुमित साह र विराटनगर–१२ का दीपककुमार कर्णलाई समातिएको एसपी केसीले बताए।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top