१८ असार, काठमाडौँ ।
संसद अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेटबाट अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसदलाई गराएकी छिन् ।
‘‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ असार १८ गतेको सिफसिरिमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन २०७७ असार १८ गते बिहीबारका दिन अपराह्न ५ बजेबाट अन्त्य गरेको छु ।’’ राष्ट्रपतिले संसदमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।
बिहीबार दिउँसो १ बजेट राष्ट्रियसभा बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । अधिवेशन अन्त्य हुनेभएपछि राष्ट्रियसभाको दोस्रो बैठक आजै साढे २ बजे बसेको थियो । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । कोरोना संक्रमणको जोखिमकै बीच सुरु भएको बजेट अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरु पारित गरेको छ ।
केही विवादित विषयहरु (एमसीसी, नागरिकता विधेयक र निजामति विधेयक) का विषयमा यहि अधिवेशनमा छलफल भएर टुंगो लाग्ने विश्वास गएिको थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुखसँग समेत कुनै परामर्श नगरी बैठक स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै आजबाट संसद अधिवेशन स्वत अन्त्य हुने भएकाले २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको जानकारी गराएको छ ।
संसदको छैटौं (बर्षे) अधिवेशनबाट १० वटा विधेयकहरु पारित भएका छन् । संसदको कुल २६ वटा बैठक बसेको थियो । संसदले गरेका मूख्य कार्यहरुमा संविधान संसोधन विधेयक सर्वसम्मतीले पारित, विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित, कोरोना महामारीबाट बच्न अपनाइएको अभूतपूर्व सावधानी र चुस्त व्यबस्थापन, कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा पनि सदन सञ्चालन, कोरोना परिक्षण नगरिएका कसैलाई पनि प्रवेश नदिइएको, स्वास्थ्यका विषयमा विशेष सतर्कता अपनाईएको र कार्यव्यबस्था परामर्श समितिको बैठक मार्फत दलहरुसंग परामर्श रहेका छन् ।
२०७६ वैशाख २५ गते यता संघीय संसदले निर्वाह गरेको मुख्य कार्यहरु :
क. २०७७ बैशाख २५ गते संघीय संसद भवन स्थित ल्होत्सेहलमा सम्माननीय सभामुख, शीष नेताहरु लगाएत उपलब्ध माननीय सदस्यहरुको पि सि आर परिक्षणका लागि स्वाव संकलन ।
ख. २०७७ बैशाख २६ गते दिनको ४ बजे संघीय संसद छैटौं अधिवेशन सुरु
ग. २०७७ जेठ २ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ।
घ. २०७७ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश
ङ. २०७७ जेठ २६ गतेको बैठकबाटरुकुम जिल्लाको सोती घटना छानविन गर्न मा. देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन
२०७७ जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित
२०७७ असार ४ गते प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा प्रतिनिधि सभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रोसंशोधन) विधेयक, २०७७” राष्ट्रिय सभाबाट पारित भएको सन्देशको जानकारी
२०७७ असार ४ गते सम्माननीय सभामुखज्यूले विधेयक प्रमाणीत गरि सम्माननीय राष्ट्रपति समक्ष प्रमाणीकणका लागि पेश
२०७७ असार ४ गते सम्माननीय राष्ट्रपतिद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” विधेयक प्रमाणिकरण ।