सकारात्मक मोडतर्फ एमाले

945SHARES

३ जेठ, काठमाडौँ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।

कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

२८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् । ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण