विराटनगर ,फागुन २
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गति र विधि बाट बिमुख रहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले सरकारले नयाँ काममा गति नलिएको र विधिसम्मत ढंगले नचलेको बताए ।
सरकारले काम गर्ने मेसो पाउन नसकेको बताउँदै उनले प्राथमिकता छुट्याएर सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारले अहिलेका प्राथमिकता पहिल्याएर जिम्मेबारी र दायित्व अनुसार अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे ।
सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता पौडेलले सरकारको गतिविधिबाट जनतामा संघीयताप्रति बितृष्णा आएको बताए । उनले संघीयतामा जनताको शासन हुने भएकाले आम जनताले संघीयतालाई थप सबल र ब्यवस्थित हेर्न चाहेको विचार ब्यक्त गरे ।
नेता पौडेलले जनता निराश हुनुपर्ने कारण नरहेको बताउँदै विकल्प दिन नेपाली कांग्रेस तयार रहेको समेत बताए ।