सरकारले दिने घोषणा गरेको १० लाख लिन नवीन्द्रराज जोशीको परिवारद्वारा अस्वीकार

८ चैत, काठमाडौँ । सरकारले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रूपैयाँ दिने घोषणा गरेकोमा जोशीका परिवारले उक्त रकम लिन अस्वीकार गरेका छन्।

बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए। उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए।

जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको बताए।

‘उहाँको उपचारका लागि १० लाख दिने निर्णय भएको भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो,’ उनले भने, ‘उहाँको परिवारले उक्त सहयोग रकम अस्वीकार गर्ने बताउनुभएको छ।’

जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौंको अक्षयकोष यसअघि नै स्थापना गरेको उल्लेख गर्दै उनले भने, ‘सरकारले दिने भनेको रकमले औषधि पनि किन्न पुग्दैन।’

फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top