सरकारसंग बार्तामा नबस्ने विप्लवको अडान

0SHARES

१४ भाद्र २०७५ नेपाल टाईम्स

काठमाडौं ः विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नबस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

आफ्ना कार्यकर्तालाई थुनामा राख्दैमा क्रान्ति नरोकिने भन्दै नेकपाका महासचिब नेत्रबिक्रम चन्द ‘विप्लव’ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ–‘सरकारले बार्ताको आह्वान गरेर नाटक रचेको छ । यो वार्ताको आह्वान मिठाईको लेपन लगाएको बिषको चक्की मात्र हो । ’

पछिल्लो समय बिप्लवका प्रभावशाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।चन्दा आतंकको नाममा प्रहरीले मुद्दा परेको भन्दै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, महिला नेतृ उमा भुजेल लगायतका एक दर्जन नेतालाई पक्राउ गरेको छ ।

विज्ञापन बक्स