योगेन्द्र योगी
४ असार, दोहा ।
कोरोना भाइरसका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको जहाजले साउदीको रियादबाट चार्टर्ड उडान भर्ने साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४४५ जना नेपाली रहेको जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एयरलाइन्सको प्रतिनिधिलाई दिइसकेको दूतावासले जनाएको छ ।
जहाजको टिकट काटेपछि मात्र कोरोना जाँच गराउन प्राथमिकतामा परेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । रियादमा आफूलाई पायक पर्ने ठाउँमा गएर पनि कोरोनाको जाँच गर्न सकिने दूतावासले जनाएको छ ।
नजिकको स्थानबाट कोरोना जाँच गराउन समस्या भएमा कृष्ण भूषाललाई ०५९८२५६७१८ मा सम्पर्क गर्न दूतावासले भनेको छ । रियादबाट काठमाण्डौ लागि भाडा ४६५ अमेरिकी डलर (१७४४ साउदी रियाल)अर्थात नेपाली ५६ हजार ५ सय हुने जनाएको छ ।
कम्पनीले टिकट नकाटिदिएमा आफ्नै खर्चमा काट्नु पर्छ । टिकट काट्न नेपाल एयरलाइन्सको आधिकारिक गिफ्ट ट्राभल एण्ड टुर का सुरेशराज त्रिपाठीलाई ००९६६५८०५९६१४० मा सम्पर्क गर्न दूतावास अनुरोध गरेको छ ।