सागका लागि काठमाडौँमा जोर विजोर प्रणाली, खेल हेर्न टिकट

१२ मंसिर ७६, शुक्रबार

१२ मंसिर, काठमाडौँ ।
नेपालप्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ । बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्था मजबुत रहेको बताए ।

खेलका लागि आवश्यक सुरक्षाको पुर्व तयारी र व्यवस्थापनको सबै काम सकिएको पनि उनले बताए । यस्तै सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ । जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउनु पर्नेछ । यस्तै उद्घाटन र समापनका बेला रंगशालामा खेल हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ ।

साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको पत्रकार सम्मेलनमा जनकारी दिएको छ । यस्तै साग खेलका लागि राखेपले फुटबल, भलिबल र बास्केटबलमा टिकट प्रणाली गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषदले यी खेलहरुको टिकटको जिम्मा इसेवालाई दिएको छ ।

टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीका सिइओ रोशन लामिछानेले बताए । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार ९ सय रहे पनि १४ हजार सिटको लागिमात्रै टिकट बिक्री गरिने भएको छ ।

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top