साग पुरुष फुटबलमा भारतले सहभागिता नजनाउने

८ मंसिर ७६, सोमबार

९ मंसिर, काठमाडौँ ।
भारतले १३औं साग अन्तरगतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ । खेल तालिका र टाइसिट निकालिसकेको अवस्थामा भारतले प्रतियोगितामा सहभागिता नजनाउने भएको हो ।

भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई पत्र प्राप्त भएको जानकारी गराएको छ । अब एन्फाले पुनः खेल तालिका निकाल्ने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत शुक्रबार ६ टोलीलाई समावेश गर्दै खेल तालिका र टाइसिट निकालेको थियो । भारतले सहभागिता नजाउने भएसँगै अब पुरुष फुटबलमा ५ राष्ट्रको मात्रै सहभागिता रहने भएको छ । ५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि खेलहरु राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष दुई टोलीले स्वर्णपदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

टिम दर्ता गर्ने क्रममा भारतले महिला फुटबल टोलीको मात्र टिम दर्ता गरेको थियो । एन्फाले शुक्रबार निकालेको टाइसिट ‘ड्र’ अनुसार समूह ‘ए’ मा नेपाल, बंगलादेश र भुटान तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेको थियो । १२औं सागमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top