सातै प्रदेशमा बन्ने भयो ‘अपांगता नागरिक ग्राम’

११ मंसिर ७६, बिहीबार

१२ मंसिर, काठमाडौं ।
सातै प्रदेशमा ‘अपांगता नागरिक ग्राम’ बन्ने भएको छ ।

ऐनले वर्गीकरण गरेका दस किसिमका अपांगता भएका नागरिकका निम्ति पुनःस्थापना, सशक्तीकरण तथा उनीहरूका छोराछोरीलाई शिक्षालगायतका सुविधा दिन सरकारले ग्राम निर्माण प्रक्रिया अघि बढाएको हो ।

सरकारले यसका लागि अवधारणापत्र तयार गरी सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा पठाइसकेको छ । अवधारणाअनुसार ‘अपांगता नागरिक ग्राम’ दस रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ ।

ग्राममा सबै किसिमका अपांगता भएका व्यक्तिलाई सहज हुने आवासीय सेवा सुविधा उपलब्ध गराइनेछ । ग्राममा प्रदेशभरका असहाय र अपहेलित अपांगलाई राखिनेछ ।

ग्राममा मनोरञ्जन (खेलकुद, संगीत आदि) केन्द्र, स्वास्थ्य केन्द्र रअस्पताल, पुस्तकालय, आवासीय विद्यालय तथा शिक्षक व्यवस्था गरिनेछ । अपांगता भएकाहरूको सशक्तीकरण तथा दक्षता अभिवृद्धि गरी दिइएको सीप विकासका तालिमपछि उनीहरूले सिकेको सीपबाट उत्पादित सामग्रीलाई बिक्रीवितरणका निम्ति सरकारले उचित व्यवस्थापन गर्ने भनिएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको अपांगता अधिकार प्रवर्द्धन शाखाका उपसचिव पशुपति महतले चालू आर्थिक वर्षमा पनि अपांगता नागरिक ग्रामका निम्ति स्थलगत अध्ययन अनुसन्धान, पहिचान गर्न प्रतिप्रदेश १२ लाख ५० हजार रुपैयाँ छुट्याइएको जानकारी दिए ।

प्रक्रिया अघि बढे केन्द्र र प्रदेश सरकारले थप बजेट व्यवस्थापन गर्ने पनि उनले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top