सातै प्रदेशमा विशेष कृषि केन्द्र स्थापना गर्न इजरायलसँग सम्झौता हुँदै

१२ असोज, काठमाडौँ ।
सरकारले ग्रामिण उद्यम तथ आर्थिक विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९ अर्ब ३८ करोड सहुलियत पूर्ण ऋण सहायताका लागि अर्थ मन्त्रालयका सह सचिवको नेतृत्वमा ५ सदस्यी वर्ता टोली गठन गरेको छ । यस्तै एसियाली विकास बैंकबाट प्राप्त हुने १८ अर्ब ऋण सहायताका लागि पनि वार्ता गर्न टाली गठन गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

सरकारले नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत बेलायत सरकारबाट सहयोग गर्ने साढे ३ अर्ब बढीको आर्थिक सहयोग लिने निर्णण पनि गरेको छ । नेपालको स्वास्थ्य क्षेत्र कार्यक्रम अन्तरगत तेस्रो फेजका लागि बेलायतले गर्ने ३ अर्ब ५३ करोड बराबरको आर्थिक र प्राविविधक सहयोग स्वीकार गर्ने निर्णय सरकारले गरेको हो । यस्तै विश्व वातावरण सुविधा, युएनडिपीबाट प्राप्त हुने सहायत रकम १ अर्ब ७५ करोड पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको परराष्ट्रमन्त्री सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सरकारले सशस्त्र प्रहरी बलको गोताखोरका लागि उद्धारमा खटिएको दिन प्रतिदिन ३ सयका दरले प्रोत्साहन भत्ता र १० लाख सम्मको विशेष विमाको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । कञ्चनपुरको बेदकोटमा भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा समस्या समाधानका लागि गठन आदेश २०७७ आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । वास्तविका जग्गा धनिले जग्गा नपाउने र यताको जग्गा उता, उताको जग्गा यता हुने भएकाले समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए ।

Advertisement

सातवटै प्रदेशमा कृषिका लागि विशेष केन्द्रहरु स्थापना गर्न इजरायल सरकारसँग सम्झौता गर्न राजदूत अञ्जन शाक्यलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ । उस्तै नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशक डा दिपक कुमारी भण्डारी नियुक्त गर्ने निर्णय पनि भएको उनले बताए ।

यसैगरी नेपाल बाल संगठन नक्सालको परिसरमा रहेको आदर्श आधारभूत विद्यालय र केन्द्रिय बहिरा उच्च विद्यालयलाई अन्य स्थापना स्थानान्तरण गर्दै बालबालिकाको आवास लगायतका काम गर्ने निर्णय पनि गरेको छ । उपयुक्त आवास भवन मर्मत सम्भार र नयाँ संरचना निर्माण गरी सुरक्षित आवासको व्यवस्था मिलाउन अर्थमन्त्रालय तत्काल १ करोड ५० लाख अनुदान दिने व्यवस्था मिलाउने निर्णय पनि भएको प्रवक्ता ज्ञवालीले बताए ।

Advertisement

बाल संगठनको स्वामित्वमा रहेको जग्गाको विकास र अन्य विकासको गुरुयोजनाका लागि बाल संगठनले काम गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top