सुनसरी, असार १९
प्रहरीले सुनसरीको ईटहरी–२० बाट आइतबार राती सात किलो लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सुचनाका आधारमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले धरानबाट ईटहरीतर्फ आउँदै गरेको को. १ ह ८५६५ नम्बरको ट्याम्पु चेकजाँच गर्दा ट्याम्पुको सटमुनि लुकाईएको अवस्थामा ८ पोका गाँजा बरामद भएको जनाईएको छ ।
प्रहरीले ट्याम्पुमा सवार झापा सुरुङ्गा ५ बस्ने बिष्णु राईलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।