सामाजिक बहिष्कारमा परेका खोटाङका बृद्धले न्याय पाएनन्

३ भदौ, विराटनगर ।
छुवाछुतलाई कानुनले दण्डित गरेपनि यो समाजमा अझै ब्याप्त छ । पछिल्लो उदाहरण छुवाछुतकै कारण खोटाङका एक बृद्ध बहिष्कारमा परेका छन् । दलितसँग सहभोज गरेकोे निहुँमा आफू सामाजिक बहिष्कारमा परेको भन्दै खोटाङ दिक्तेलका ७६ वर्षीय वृद्ध टंकप्रसाद आचार्य न्यायको याचना गर्दै विराटनगर आइपुगेका छन् । सहभोजमा सहभागी भएकै कारण देखाउँदै छिमेकी दाजुभाईले आफूलाई बहिष्कार गरेको उनको दुखेसो छ ।

गत जेठ १८ गते जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेल नगरपालिकाको १ नम्बर वडाको डाँडाखर्चमा सहभोज आयोजना गरियो । उक्त सहभोजमा ७६ वर्षीय वृद्धा टंकप्रसाद आचार्य पनि सहभागी भए । उनलाई एक दलित बालिकाले दही खान दिइन् । आचार्यले त्यसलाई स्वीकार गरेर भोजमा सहभागी बने । तर, सोही दिनदेखि वृद्धा आचार्यलाई दाजुभाई र समाजले अघोषित बहिष्कार गरेको थिए ।त्यसपछि उनी खोटाङबाट बिस्थापित भई हाल मोरङमा आफन्तको शरणमा बस्दै आएका छन् । २ छोरा, ३ छोरीका बाबु उनी गाउँका सामाजिक कार्यकर्ता हुन् । तर, दलितले छोएको निहँुमा बहिष्कारमा परेपछि न्याय माग्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको शरणमा आइपुगेका छन् । मुख्यमन्त्री राईसंगको भेटमा उनले न्यायको याचना गरेका छन् ।

Advertisement

आफूले कुनै पनि धर्म ग्रन्थमा जातजातिबीच भेदभाव गर्नुपर्छ भन्ने नभेट्टाएको र शास्त्रले त्यस्तो पनि नभनेको बताउँदै उनले समाजले बहिष्कार गरेपछि आफ्नो बाँच्ने आधार सकिएको पनि दुखेसो पोखे । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मंगलबारको भेटपछि मुख्यमन्त्री राईले आर्चायलाई एक साता भित्र पुनस्थापित गरी न्याय दिलाउने आश्वासन दिएका छन् । मुख्यमन्त्री राईले खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययलाई टेलिफोन सम्पर्क गरी सामाजिक बहिष्कारमा परेका आर्चायलाई न्याय दिलाउन आवश्यक पहल गर्न निर्देशन समेत दिएका छन् ।

आफन्तबाट नै अघोषित रुपमा बहिष्कारमा परेका आर्चायले मुख्यमन्त्रीलाई सामाजिक बहिष्कार गर्नेमाथि कार्वाहीको माग गदै निवेदन समेत दिएका छन् । आर्चाय सामाजिक बहिष्कारमा परेपछि अहिले मोरङको बेलवारीमा बस्दै आएका छन् । यसअघि पनि न्यायको खोजीमा आर्चाय १ नं प्रदेश सचिवालयमा पुगेका थिए ।यो बिषयले प्रदेश सभामासमेत प्रवेश पाईसकेको छ । छुवाछुत विरुद्धको ऐन २०६८ मा लागू भइसके पनि समाजमा यस खालका घटना भने अझै रोकिएका छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top