साहित्यकार परिचयपत्र वितरण हुँदै

२६ कात्तिक ७८, शनिबार

२६ कात्तिक, काठमाडाैँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखक÷साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक/साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ ।

त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ । त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।रासस

भर्खरको समाचार

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

सम्बन्धित समाचार

Scroll to Top