NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

सुकुम्बासी खोज्दै आयोग

सोमवार मंसिर ८ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सुकुम्बासी खोज्दै आयोग
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं / दाङ : भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न बनेको भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेको छ । नियमावली पास हुन नसकेर गठन भएको लामो समयसम्म आयोगको काम अगाडि बढ्न सकेको थिएन्। गठन भएको आठ महिनापछि मात्र आयोगले काम सुरु गर्न पाएको छ। भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि गठित भूमिसम्बन्धी समस्या समाधान आयोगले लगत संकलन कार्य सुरु गरेको छ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा एक सय स्थानीय तहमा काम गर्ने उद्देश्य अनुरूप छनोट गरिएका स्थानीय तहसँग जिम्मेवारीलाई स्पष्ट पार्न र कामलाई गुणात्मक र तोकिएको अवधिमा सम्पन्न गर्न आयोग र स्थानीय तहबीच सहमति गर्ने कार्यको थालनीसँगै लगत संकलनको कार्य सुरु भएको हो।

आयोग टोली फिल्डमा नै पुगेर वास्तविक सुकुमबासी खोज्न लागेको छ। पहिलो चरणमा देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये १४ वटा स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गर्दै आयोगले काम थालेको अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सातवटै प्रदेशका १४ स्थानीय तहसँग सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्य गरेकी छन्।

Advertisement

अध्यक्ष ज्ञवालीका अनुसार बाँकी ८६ स्थानीय तहसँग २०७७ मंसिर महिनाभित्र स्थानीय तह र आयोगबीच प्रदेशस्तरमा कार्यक्रम राखी सहमतिपत्रमा हस्ताक्षर गर्ने योजना रहेको छ।

मंसिर मसान्तसम्ममा एक सय वटा पालिकासँग सम्झौता गरेर काम अगाडि बढाउने योजनासहित अघि बढेको उनले बताए। ‘१४ वटासँग सम्झौता भयो अब मंसिरभरिमा ८६ भन्दा बढी पालिकासँग सम्झौता गर्छौं’, उनले भने। सम्झौतासँगै अब स्थानीय पालिकामा अध्यक्ष÷मेयरको संयोजकत्वमा स्थानीय समन्वय समितिको निर्माण हुनेछ जसले सुकुमबासी, अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरणसमेत गर्नेछन्। आयोगले उनीहरूलाई निर्देशिका, कार्यविधि, कार्ययोजना उपलब्ध गराउनेछ। आयोगले प्रारम्भिक चरणमा काम सुरु गरेको १४ स्थानीय तहमा आयोगका पदाधिकारी र कर्मचारीलाई पठाएको छ।

आयोगको टोलीले घरघर, बस्तीबस्तीमा पुगेर वास्तविक सुकुमबासीको पहिचान गर्नेछन्। अध्यक्ष ज्ञवालीले कुल भूउपयोगको २५ प्रतिशत भूसम्बन्ध अनौपचारिक रहेको बताए। ‘न कमाउनेको स्वामित्व छ, न राज्यले नै राजस्व पाएको छ’ उनले भने, ‘२५ प्रतिशत भू—सम्बन्ध लुज गरेको छ।’ आयोगले भूमिसम्बन्धी ऐनको आठौं संशोधन, आयोगको गठन आदेश, नियमावलीका आधारमा भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि र पहिचान एवं प्रमाणीकरणको आधार र मापदण्ड तयार गरी लगत संकलन गर्ने व्यवस्था मिलाएको छ। नेपालको कुल क्षेत्रफलको करिब २८ प्रतिशत आवादी रहेको छ। आवादी क्षेत्रको करिब ७५ प्रतिशत जमिनको नापजाँच सम्पन्न भई राज्यको आधिकारिक दर्ता रजिस्टरमा अभिलेखबद्ध भएको तथा दर्ता स्रेस्ता र प्रमाणपुर्जा तयार भएको छ।

आवादी क्षेत्रको बाँकी करिब २५ प्रतिशत जग्गामा लामो समयदेखि नागरिकको बसोबास भए पनि सो क्षेत्रको नापनक्सा वा दर्तास्रेस्ता कायम हुन नसकेको र बसोबासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको अवस्था छ। भूमि अधिकारकर्मी जगतबहादुर देउजा झण्डै १४ लाख नागरिकले आफूले लामो समयदेखि आवाद गरेको तर बसोबास गरी आएको जग्गामा आफ्नो स्वामित्वको सुरक्षाको अनुभूति गर्न नसकेको अवस्था रहेको बताउँछन्। आयोगका सदस्यसमेत रहेका देउजाका अनुसार विभेदपूर्ण अवस्थाको कारण आत्मसम्मान र स्वाभिमानपूर्ण आत्मनिर्भर जीवनयापन गर्न नसकेको, जग्गाधनी प्रमाणपुर्जाको अभावमा त्यसको प्रयोगबाट हुन सक्ने सम्भावित आर्थिक लाभहरू लिन सकिने अवसरबाट बञ्चित हुनु परेको अवस्था रहेको छ।

राज्यले त्यस्तो जग्गा आधिकारिक जग्गा प्रशासन प्रणालीमा दर्ता नभएको र औपचारिक किनबेच नहुने भएको कारण दर्तामार्फत प्राप्त हुने राजस्व, रजिस्ट्रेसन दस्तुर, लाभकर, मालपोत तथा सम्पत्ति करजस्ता रकमबाट संकलन हुन सक्ने अर्बौंको रकम गुमाइरहेको उनले जानकारी दिए।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी रहेको उनको भनाइ छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले काम थालेको छ। लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीका कञ्चन गाउँपालिका र दाङको बबई गाउँपालिकामा कार्यालय स्थापना गरी आयोगले काम थालेको हो। योसँगै मुलुकका सातै प्रदेशका १४ स्थानबाट काम सुरु भएको छ।

आयोगका अध्यक्ष देवी ज्ञवालीले नीति, संरचना र व्यवस्थापनको काम जारी रहेको बताएका छन। भूमि सम्बन्धी समस्या समाधानका लागि यसअघि गठित आयोग भन्दा यो आयोग अधिकार सम्पन्न रहेको भन्दै सबै समस्या को समाधान गरिने उनले बताए।

अध्यक्ष ज्ञवालीले लामो समयदेखि समस्याको रुपमा रहेको भूमिको उपभोग सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे। संविधानले व्यवस्था गरे अनुसारको काम, भूमि सम्बन्धी समस्या समाधान आयोगका गठनादेश २०७६ का मुख्य व्यवस्था, भूमि सम्बन्धी ऐन २०२१ को आठौंं संशोधनमा भएका व्यवस्था, भूमि सम्बन्धी नियमको अठारौं संशोधनमा भएका व्यवस्था, भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचानका आधार र मापदण्ड, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्य विधि, विगतका आयोग, समिति र कार्यदलले गरेका अधुरा काम सम्पादन गर्ने सन्दर्भमा यस आयोगले घनिभूत रुपमा काम परिणाम देखिने गरी गर्ने हुँदा पहिलो चरणको काम असार मसान्तसम्म हुने उनको भनाइ छ।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.