विराटनगर,भदौ ३१
३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसीलाई थुना मुक्त गर्न उच्च अदालत मोरङले अन्तिम आदेश गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौड्याल र उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदातल मोरङको आदेशलाई बदर गर्दै डिएसपी केसीलाई आज साधारण तारेखमा थुना मुक्त गर्न आदेश गरेको हो ।
केसीलाई जिल्ला अदालत मोरङले जेठ ८ गते सुन तस्करी र शनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
भदौ २९ गते उच्च अदालत विराटनगरका नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउदै अभियुक्त एसएसपी दिवेश लोहनीलाई समेत साधाण तारेखमा थुना मुक्त गर्न आदेश दिएको थियो ।
एसएसपी लोहनी र डिएसपी केसी दुवै काठमाडौंस्थित महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए ।