सुनको भाउ आज एक हजारले बढ्यो

360SHARES

२६ चैत, काठमाडौ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।

हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण