७ जेष्ठ, काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ ।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ कायम भएको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो ।
सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।