इनरुवा ः सुनसरीको वर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्रथामिकताका आधारमा वर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशारी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइन लागिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
जसका लागि बर्जु र बराहाक्षेत्रमा दश दश वटाका दरले २० वटा केन्द्र सत्तचालन गर्न लागिएको छ ।केन्द्रले किशोरी शिक्षाका माध्यमबाट उनीहरुको सुनौलो भविष्यको आधार तय गराउने प्रयास गर्ने छ ।
किशोरीहरुको हक, अधिकार,सुनौलो भविष्य निर्माण, प्रजनन् स्वास्थ्य तथा बालबिबाह न्युनीकरण र महिलाका पक्षमा भएका नियम कानुनबारे जानकारी प्रदान गर्नु किशोरी शिक्षा कार्यक्रमको मुलभुत उद्देश्य रहेको कोकनकी पुर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले बताइन् ।