१५ मंसिर, मोरङ । मोरङको सुन्दरहरैचानगपालिका १० खोर्साने चोकबाट गाँजासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन् ।
शनिबार साँझ साढे ५ बजे प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ केजी ४ सय ग्रामगाँजा फेपा पारी बरामदगरिएको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका तिनै जनामाथि ईलाका प्रहरी कार्यालय बेलबारीबाट कारबाही प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।