सुपर ओभरमा न्युजिल्याण्डमाथि इंग्ल्यान्डको जित

२३ कात्तिक ७६, आइतबार

एजेन्सी, कात्तिक २४ ।
इंग्ल्यान्डले पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा सुपर ओभरमा घरेलु टोली न्युजिल्यान्डलाई हराउँदै पाँच टि ट्वान्टी खेलको सिरिज ३–२ ले जितेको छ । शनिबार सम्पन्न निकै रोमान्चक खेलमा न्युजिल्यान्डले सुपर ओभरमा जितको लागि १८ रन बनाउनु पर्ने थियो । तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो ।

पहिलो बलमा टिम सिफर्टले २ रन बटुल्दा दोस्रोमा क्रिस जोर्डनले एक वाइट फाले । दोस्रो बलमा सिफर्टले चौका प्रहार गरे । तेस्रो बल क्रिस जोर्डनले डट राखे । चौथो बलमा जोर्डनले सिफर्टलाई मोर्गनबाट क्याच आउट गराए । पाँचौ बलमा १ र छैटौंमा डट राखेपछि खेल इंग्ल्यान्डले जितेको हो ।

कप्तान टिम साउथीलाई पहिलो बलमा जोनी बेयरस्टोले १ रन लिँदा दोस्रो बलमा कप्तान इओन मोर्गनले छक्का प्रहार गरे । तेस्रो बलमा मोर्गनले १ रन लिदा चौथोमा बेयस्टोले छक्का प्रहार गरे । पाँचौ बलमा १ र अन्तिम बलमा २ रन बटुल्दै इंग्ल्यान्डले सुपर ओभरमा १७ रन जोडेको थियो ।

Advertisement

त्यसअघि जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । इंग्ल्यान्डले अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा १५ रन जोड्न पुग्यो । जितको लागि अन्तिम बलमा ५ रन चाहिदा क्रिस जोर्डनले जेम्श निशमलाई चौका प्रहार गर्दै खेल टाई बनाएका थिए ।

Advertisement

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १८ बलमा २ चौका र ५ छक्का सहित ४७ रनको योगदान दिए । त्यस्तै ओपनर टम ब्यान्टन ७, कप्तान इओन मोर्गन १७, साम करन २४, टम करनले १२ रन जोडे । न्युजिल्यान्डका टे«न्ट बोल्ट, जेम्श निशम र मिचेल सान्टनारले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । वर्षाको कारण खेल ११ ओभरमा छोटाइएको थियो । ओपनर मार्टिन गुप्टिलले २० बलमा ५ छक्का र ३ चौका सहित ५० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै अर्का ओपनर कोलिन मुनरोले २१ बलमा २ चौका र ४ छक्का सहिच ४६ रनमा क्याच आउट भए ।

पहिलो विकेटका लागि मुनरो र गुप्टिलले ५.१ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । विकेटकीपर टिम सिफर्टले १६ बलमा १ चौका र ५ छक्का सहत ३९ रन जोडे । इंग्ल्यान्डका साम करन, टम करन, आदील राशिद र सकीब महमोम्दले १–१ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो खेलमा ७ विकेटले विजयी हुँदा दोस्रोमा २१ रन र तेस्रोमा १४ रनले पराजित भएको थियो भने चौथो खेलमा इंग्ल्यान्ड ७६ रनले विजयी भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top