सोमबार १५० जना संक्रमित थपिए, ३ जनाको मृत्यु

734SHARES

९ चैत्र, विराटनगर ।
पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ ।

हालसम्म देशभर २२ लाख ४० हजार ९ सय ९८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण