सौराहाको संरक्षित क्षेत्रमा फोहर टिपे पर्यटकले

१३ चैत ७४, बुधबार

चितवन, चैत १४
चितवनको रत्ननगरस्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले मंगलबार फोहर संकलन गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित इलाका ढुंग्रेखोला आसपासमा मंगलबार विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो । नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इङ्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिक फोहर संकलनमा सहभागी थिए ।

जर्मनीबाट आएकी आनाले प्रकृतिलाई सफा राख्न र पर्यावरण जोगाउन फोहर व्यवस्थापन जरुरी रहेको भन्दै यहाँ शुरु भएको फोहर संकलन अभियानमा आफू पनि सहभागी भएको बताईन् ।

Advertisement

यहाँका स्थानीयवासीले विगत एक सातादेखि फोहर संकलन अभियान चलाइरहेका छन् । आजसम्म चार ट्रयाक्टरभन्दा बढी फोहर संकलन गरेर व्यवस्थापन गरिसकेको अभियानमा सक्रिय रहनुभएका होटल पार्कसाइडका सञ्चालक तथा संरक्षणकर्मी शिरलाल परियार बताउछन् ।

राप्ती नदी तथा यसका सहायक नदीका मुहान क्षेत्रबाट बगेर आएका धेरै फोहर निकुञ्जको संरक्षित्र क्षेत्रमा थुप्रिएकाले वन्यजन्तु र वासस्थानलाई समेत असर गर्ने हुँदा फोहर संकलनलाई तीव्रता दिएको परियार बताउनुहुन्छ । सो अभियानमा काठमाडौँ बूढानीलकण्ठको भिक्टर ह्यूगो मञ्जुश्री विद्यालयका शिक्षक, स्वयंसेवी र विद्यार्थी गरी २० जनाको समेत सहभागिता थियो ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top