११ असार, एजेन्सी । स्पेनिस लिगमा रियल म्याड्रिड पुनः शीर्ष स्थानमा फर्किएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियलले शिर्षस्थानको बार्सिलोनालाई उछिनेको हो ।
खेलमा रियललाई विजयी गराउन भिनिसियस जुनियर र कप्तान सर्जियो रामोसले १(१ गोल गरे ।
जीतसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो ।
मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ ।