१६ असार, काठमाडौं ।
स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँ सहित दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।