NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

स्वदेशी विद्युतबाटै देशभर उज्यालो बनाउँदै प्राधिकरण

शनिबार कार्तिक ९ , २०७६
Reading Time: 1 min read
A A
स्वदेशी विद्युतबाटै देशभर उज्यालो बनाउँदै प्राधिकरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ कात्तिक, काठमाडौँ ।
तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारैमा लक्ष्मीको आराधना गरेर बस्थे ।

समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो । विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणा गरियो । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाउनुभएको थियो ।

मुलुकबाट नै विद्युत्भार कटौतीको अन्त्य भएको घोषणासँगै प्राधिकरणमाथि अर्को आरोप पनि लाग्यो, भारतबाट महङ्गोमा किनेर ल्याएको विद्युत्बाट अँध्यारो हटाइयो । आलोचकले त विभिन्न बहाना निकालेर सरकार र प्राधिकरणको आलोचनामा नै समय खर्चिए । प्राधिकरणलाई भारतबाट विद्युत् आयात गर्नु बाध्यताजस्तै थियो । आन्तरिक रूपमा पुग्दो विद्युत् नभएका कारण पनि भारतको भर पर्नु परिस्थितिको उपज नै थियो । प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत् उपलब्ध गराएकै थियो ।

LS Auto

अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत् उपलब्ध गरायो । यस पटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यस पटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने भएको छ । विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्नेछ । “कसरी व्यवस्थापन भयो त आन्तरिकरूपमा नै सहज विद्युत् हुने अवस्था ?” राससको प्रश्नमा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने “प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत् नगन्य मात्रामा मात्रै विद्युत् आयात हुन्छ ।”

प्राधिकरणले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत् आयात भइरहेको छ । यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि ‘ट्रिपिङ’को समस्या छैन । प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत् माग रहेको छ । त्यस्तै प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ ।

प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हाल प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध छ । यस वर्षको छ महीनामा मात्रै १५० मेगावाट विद्युत् थप भइसकेको छ । आन्तरिकरूपमा नै विद्युत् पर्याप्त भएकाले कुनै भवितव्य नहोस् भनेर मात्रै भारतबाट आयात हुने विद्युत् जोडिराखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् आयात गरिरहेको छ । आयात भएका मध्ये ३० मेगावाट विद्युत् रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत बिहारतर्फ निर्यात गरिएको छ । बाँकी रहने २० मेगावाट विद्युत् मात्रै प्रणाली सुरक्षाका लागि उपलब्ध भइरहेको छ । कुलेखानी चलाउँदा उत्पादन हुने विद्युत् भारत नै निर्यात हुने गरेको छ । जलाशयको सतहलाई सन्तुलित बनाइराख्न पछिल्ला दिनमा कहिलेकाहीँ एकाध घण्टा कुलेखानी चलाउने गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । कुलेखानीको जलाधार क्षेत्रबाट जम्मा हुने पानीको मात्रा उस्तै रहेका कारण पनि जलाशयलाई सन्तुलित बनाइराखिएको प्राधिकरणको भनाइ छ । आन्तरिक विद्युत्बाट नै दीपावलीलाई झकीझकाउ बनाउने गरी योजना तयार भएको र प्राधिकरणका सबै वितरण केन्द्र, आयोजना तथा ग्रिडका कर्मचारीलाई समेत तम्तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीको अवस्था पहिचानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्रवक्ता अधिकारीको टोली परिचालित भएको छ । आज पनि उपत्यकाका सबै क्षेत्रको अवस्थाको बारेमा कार्यकारी निर्देशक घिसिङले जानकारी लिएको प्रवक्ता अधिकारीको भनाइ थियो । प्राधिकरणका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीको नेतृत्वमा अर्को टोली स्थलगत निरीक्षण तथा आवश्यक तयारीका लागि परिचालित छ । कुनै पनि घर अँध्यारोमा बस्नु नपरोस्, सबै घरमा बत्ती बलोस् भन्ने लक्ष्यका साथ सबै तयारी गरिएको प्राधिकरणको भनाइ छ ।

क्षमताअनुसार बत्ती बाल्नुस्
अघिल्ला वर्षहरुमा बढी विद्युत् माग हुने समयमा धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्ने प्राधिकरणले यस पटक निर्धक्क भएर बत्ती बाल्न उपभोक्तालाई आग्रह गरेको छ । बत्तीको उपलब्धता बढी भएकाले उपभोक्ताले बत्तीको पर्वमा आफ्नो क्षमताअनुसार नै बत्ती बाल्न आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ । प्राधिकरणले विद्युत् पुगेका स्थानका कुनै पनि घर अँध्यारोमा बस्न नपरोस् भनेर सबै व्यवस्था मिलाएको जनाएको छ ।

लक्ष्मीपूजाको दिन १२०० मेगावाट माग
प्राधिकरणले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग बढीमा एक हजार २०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । भारप्रेषण केन्द्रले तय गरेको आँकडाअनुसार कूल एक हजार १९० मेगावाटदेखि एक हजार २०० मेगावाटको हाराहारीमा विद्युत् माग पुग्ने छ । तिहारको समयमा उद्योगधन्दा पनि बन्द हुने भएकाले घरायसी उपयोगका लागि मात्रै विद्युत् माग बढ्दा त्यसले खासै समस्या नपर्ने प्राधिकरणको बुझाइ छ । आन्तरिक रुपमा बढी भएको खण्डमा निर्यात गरिरहेको भन्दा बढी विद्युत् भारत निर्यात गर्न सक्ने अवस्थामा प्राधिकरण पुगेको छ । बर्दघाट सवस्टेशनमा बिहीबार राति आगलागी भएपनि सो क्षेत्रका २९ हजार उपभोक्तालाई वैकिल्पक उपायबाट विद्युत् उपलब्ध गराइएका कारण कुनै पनि घरमा अँध्यारो नहुने प्राधिकरणको भनाइ छ ।रासस

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.