३० असोज, काठमाडौं ।
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्न निर्देशन दिएकाे छ ।
यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वारेन्टिन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिए ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरु अहिले सङ्क्रमितले भरिएका छन् ।